प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
२०७९ चैत १० शुक्रवार
मुम्बई। अभिनेत्री उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा रहने गर्छिन्। उनी आफ्नो असामान्य लुगाका कारण धेरैपटक ‘ट्रोल’ पनि भएकी छन्। तर, उर्फीले यस्ता कुराको वेवास्ता गर्दै इन्स्टाग्राममा नयाँ-नयाँ पोष्ट गर्छिन्।
सधैं चर्चामा रहने उर्फीले यतिबेल भने आफू बस्ने घर नपाएको भन्दै ट्वीट गरेकी छन्। बस्ने घर नपाउनुमा उनले आफ्नो पहिरन सेन्सलाई उल्लेख गरेकी छन्। ‘मुस्लिम घर मालिकहरू मेरो पहिरन शैलीका कारण घर दिन मानेका छैनन्। त्यस्तै हिन्दू मालिकहरू मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन्। केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उनले ट्वीट गरेकी छन्।
उर्फी प्रायः आफ्नो पहरिनका चर्चामा आइरहन्छिन्। अहिले बस्नका लागि घर खोजिरहेकी उर्फीलाई त्यही पहिरन समस्या बनेको छ।