गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल

Vianet

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

Vianet

भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री