New from Nepal

लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा

काठमाडौँ। पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन्।

बबरमहलस्थित कार्यालयमा नागरिकता प्राप्तिका लागि उनी लाममा देखिएका हुन्। उनी काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्दा फोटो पत्रकार र विशेष गरी युट्यबरको बाक्लो भीड लागेको छ।

उनले पहिला प्राप्त गरेकाे नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो। उनी पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उनको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको छ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिन सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता दिन लागेका हुन्।

नागरिकताकै विषयमा उनले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उनकाे राजीनामा स्वीकृत भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *