महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
२०७९ चैत १० शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) चितवन जिल्लाका सभापति धर्मेन्द्र सापकोटाले पार्टी छोडेको घोषणा गरेका छन् ।
गत निर्वाचनमा चितवन २ बाट रवि लामिछानेलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाले उनै लामिछानेको कार्यशैलीप्रति असन्तुष्ट हुँदै पार्टी त्यागेका हुन् ।
उनले लामिछानेप्रति संकेत गर्दै पार्टीभित्र केही व्यक्तिले आफ्नो मनोमानी गरेको आरोप लगाएका छन् । उनले अब स्वतन्त्र रहने जानकारी दिएका छन् । सापकोटाले नेतृत्वले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको आरोप लगाएका छन् ।
।
उनले आमजनताको अभिमतलाई वास्ता नगरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको जानकारी दिए ।