New from Nepal

चिनियाँ ‘बेलुन’ समुद्रमा खसालियो

वासिङ्टन। अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ। तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।

उक्त वेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन्। पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त वेलुनलाई खसालिएको हो ।

‘चीनले हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन गरेको प्रतिक्रियास्वरूप वेलुन खासाल्नु ‘जानाजानी गरिएको र विधिसम्मत कदम’ हो,’ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन् ।

तर चीनको विदेश मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको निन्दा गर्दै ‘नागरिक’ विमान (वेलुन) खसालेको घटना’ स्पष्ट रूपमा अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन’ भएको बताएको छ ।

एक वरिष्ठ रक्षा अधिकारीले पत्रकारहरूसँग भने, ‘शनिबार अपरान्ह सेनाले बेलुनलाई ‘अमेरिकीहरूको सुरक्षाको लागि खतरा उत्पन्न नगर्ने गरी’ खसाल्ने पहिलो मौका थियो ।

प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा बेलुन सेतो पफमा टुक्रिएको जस्तो देखिएको थियो र यसको अवशेष तल एटलान्टिक महासागरमा सिधै खसेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *