बुस्टर डोज फागुनमा आउने

Vianet

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ ।

Vianet

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुन ८ गतेभित्रमा मात्र खोप नेपाल आउने बताए ।

उनले कार्यतालिकाअनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ ले पठाउने भने पनि प्राविधिक कारणले नेपाललाई अझै खोप आउनेबारे जानकारी नदिएकाले ढिलाइ भएको बताए । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’सँग ३० लाखा मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए ।

गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा बि।एफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

(Diazepam)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री