Shikhar News

News from Nepal

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए । उनले चाँडै नै बैठकको मिति तय गरिने जानकारी दिए ।

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *