आज सुनचाँदीको मूल्य स्थिर

Vianet

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ५०० ले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो ।

Vianet

शुक्रबार १ हजार ४०० र आइतबार एकै पटक २ हजारले घटेको सुनको मूल्य सोमबार ५०० ले बढेको थियो ।

बिहीबार तोलामै १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबारदेखि दुई दिनसम्म घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य स्थिर रहेको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री