कांग्रेसका सभापति देउवालाई ज्ञापनपत्र

Vianet

काठमाडौँ । नेपाल कम्युुनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालले संविधानमा भएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

Vianet

सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाको नेतृत्वमा सभापति देउवा निवासमा गएको प्रतिनिधिमण्डलले आफ्ना मागहरू पूरा गर्न सरकार समक्ष विशेष पहल गर्न ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मुस्लिम समुदायको राजनीतिक सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा पहुँच तथा विकास गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, सो समूदायका महिला वर्गको अवस्था कमजोर रहेकाले आर्थिक सशक्तीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेर विशेष नीतिहरू बनाउनुपर्ने, आवश्यक ऐन नियमहरू संशोधन गर्नपर्नेलगायत विषय उल्लेख गरिएको छ ।

वर्तमान निर्वाचन निर्देशिकाअनुसार परिभाषित छ वटा क्लस्टरमध्ये तुलनात्मकरूपमा कम मुस्लिम जनसङ्ख्या रहेका बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा समानुपातिक निर्वाचनबाट प्रदेशसभामा मुस्लिम समुदाय समावेश भएर जाने अवस्था नरहेकाले यी प्रदेशमा पनि मुस्लिम समुदायलाई समेट्ने गरी निर्देशिका संशोधन गर्न पत्रमा माग गरिएको छ ।

प्रतिनिधि मण्डलसँगको भेटका क्रममा कांग्रेस सभापति देउवाले सो समुदायका मागप्रति आफू सकारात्मक रहेको बताउँदै ती विषयलाई पूर्णता दिन आफूले सरकार समक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सङ्गठनका अध्यक्ष मियाँले जानकारी दिए । केही दिनअघि उक्त सङ्गठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि ध्यानाकर्षण गराएको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री