बङ्गलादेश च्याम्पियन हुँदा नेपाल दोस्रो बन्यो

Vianet

काठमाडौँ । बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ ।

Vianet

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो । बङ्गलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।

बङ्गलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरे । राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए । प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो । यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । त्यस्तै नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबर खेलेको बङ्गलादेशले भुटानलाई ५–० गोलअन्तरले पाखा लगाएको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री