Who Invented Gambling? The Of Gamblin
२०८१ मंसिर २४ सोमवार
काठमाडौं । अरू-अरू मानिसका मुद्दा वर्षौँवर्ष फैसला हुदैनन् तर मेरोविरुद्ध किन यति हतारो? मलाई सिध्याउन किन हतारो? भन्दै एक नवनेताले गरेको हालैको पत्रकार सम्मेलनले अहिले सर्वत्र चासो बढाएको छ।
नागरिकता विवादका कारण सरकारी पदबाट हटाइएको झोकमा सत्ताबाट सिंगो पार्टीको बहिर्गमन घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बनेका टेलिभिजन कार्यक्रमका पूर्व प्रस्तोता रवि लामिछानेले न्यायालयविरुद्ध मधुरो स्वरमा र मिडियाविरुद्ध चर्काे ढंगले व्यक्त गरेको आक्रोश र त्यसउपर पक्ष/विपक्षमा बा“डिएको जनमतले केही प्रश्न जन्माएका छन्।
न्यायालयका सन्दर्भमा पहिल्यैदेखि नै यी विषय उठेका, पटक-पटक न्यायपालिका आफैँले आन्तरिक फोरमहरूमा समाधानको प्रयास गरेको भए तापनि मिडियाले समेत अदालतलाई प्रभाव पार्न खोजेको प्रश्न उठेपछि सर्वत्र चासो बढेको छ।
मधुरो स्वरमै सही, न्यायालयविरुद्ध समेत प्रश्न उठेको छ र चर्काे स्वरमै सही मिडियाविरुद्ध पनि प्रश्न उठेको छ। आफूलाई मर्का पर्ने गरी फैसला गर्ने न्यायालयलाई कम चर्काे स्वरमा तर प्रमाण संकलन गरिदिएर आफूविरुद्ध वातावरण बनाइदिने मिडियाविरुद्ध बढ्ता आक्रामक ढंगले आक्रोश पोखेर लामिछाने सत्ताबाट बिदा भएका छन्। कुनै एउटा व्यक्तिलाई सही र सम्पूर्ण राज्यसंयन्त्र र सारा मिडियालाई गलत ठान्ने मनोवृत्तिका आधारमा विश्वास गर्ने हो भने पनि केही केही विषय अझै खुट्याइनुपर्छ।
के राज्यसंयन्त्र, सम्पूर्ण मिडिया र सारा जनमत एकाएक एउटा व्यक्तिका विरुद्ध खनिएको हो? उनी ‘राम्रो व्यक्ति’ होलान् तर उनीविरुद्ध प्रश्न नै उठाउन नपाउने उनीमाथि प्रश्न गर्ने, अनुसन्धान गर्ने र उनलाई निगरानीमा राख्नै नपाउने हो? आखिर किन उनीविरुद्ध प्रश्न उठ्यो ? के उनी एउटा ‘राम्रो व्यक्ति’ लाई माथि उठ्नै नपाउने गरी राज्यसंयन्त्र र सारा मिडिया लागेको हो?
आफूविरुद्धको मुद्दा तत्काल फैसला भएकामा नवनेताले न्यायालयलाई भन्दा बढी मिडियालाई गाली बर्साएका छन् भने मिडिया आफूविरुद्ध एकोहोरो खनिँदा न्यायालय प्रभावित भएर आफ्ना विरुद्ध फैसला आएको आरोप लगाएका छन्। नवनेताले दाबी गरे जस्तो केही मुद्दाले लामो समय लिएको, उनको मुद्दाबाहेक धेरैजसो मुद्दा प्रक्रियामै अल्झिएको भए तापनि मिडियाबाट प्रभावित भएर फैसला गरेको, न्यायालयले उनका विरुद्धमा फैसला गर्न हतारो गरेका जस्ता आरोप पत्यारलायक छैनन्। केही सांसदको योग्यताका विषयमा समयमा फैसला नभएको सत्य होला तर संसद् विघटन जस्ता मुद्दामा नियमित सुनुवाइ गरी समयमै अदाललते फैसला गरेको बिर्सन मिल्छ?
अरू सबैका खराबीलाई उठाउ“दैमा उनको नागरिकताको कमजोरी ढाकछोप कदापि हुन सक्दैन। आफूले अमेरिकी नागरिकता परित्याग गरेपछि पुरानै नागरिकता स्वतः कायम हुन्छ भन्दै आएका उनको तर्क सर्वाेच्च अदालतमा पेस भएको उनको लिखित जवाफ स्वयम्बाट र सर्वाेच्च अदालतको संवैधानिक इजलासबाट आदेश जारी भएको भोलिपल्टै (कार्यालय खुलेकै दिन) उनले पुनः नागरिकता लिएबाटै उनको दाबी स्वतः खण्डित भइसकेको छ। उनी गलत थिएनन्, न्यायालय, सिंगो मिडिया र साराले उठाएको विषय गलत हुन्थ्यो भने उनी भोलिपल्टै (कार्यालय खुलेकै दिन) नागरिकता लिन र पुरानो पासपोर्ट फिर्ता गर्न किन हतारिए? आफ्नो अडानमा त केही दिन भए पनि टिक्नु पर्दैनथ्यो?
न्यायालयमा सुधारको आवश्यकता रहेको विषयमा विवाद गर्नुपर्ने ठाउँ छैन, यद्यपि यसैका आधारमा कुनै फैसला पालना गर्नु नपर्ने, अदालतलाई दुत्कार्न पाइने वा अदालतले गरेको कार्य अन्यत्रबाट प्रभावित भएर गरिएको आरोप लगाउने छूट कसैलाई हुन्छ कि हु“दैन भन्ने विषयमा छलफल गर्न आवश्यक भइसकेको छ। न्यायालयभित्रै पनि गलत गर्ने व्यक्तिलाई कारबाही हुँदै आएको छ र थप सुधारको आवश्यकता पनि टड्कारै छ। मिडियामा समेत अनियमितता वा स्वतन्त्र मिडियाको भूमिका नभएको अवस्थामा त्यस्तो विषय सम्बोधन गर्ने काम पनि मिडिया आफैँभित्रबाट भइरहेको छ। जसरी अदालतलाई अन्यत्रबाट प्रभाव र दबाब दिन सकिन्न, मिडियालाई समेत लेख्ने स्वतन्त्रतामा कतैबाट दबाब दिन मिल्दैन। अन्यथा प्रमाणित भए कानुनबमोजिम कारबाही अवश्यम्भावी छ।
न्यायालयको फैसलाचाहिँ पालना गर्ने तर फैसला गर्न मिडियाले प्रभाव पारेको अर्थमा लामिछानेले मुलुककको चौथो अंगलाई समेत लाञ्छना लगाएर घुमाउरो पाराले मिडियाको प्रभावमा न्यायालयले फैसला गरेको आरोप लगाएका छन्। यसबाट केही स्वाभाविक प्रश्न उठेका छन्। के मुद्दाको तथ्य एउटा तर फैसला अर्कै आएको हो ? मिडियाको प्रभावमा न्यायालय पर्छ वा मुद्दालाई प्रभावमा पार्नेगरी समाचार आउँछन् कि आ“उदैनन् भन्ने प्रश्नहरूमा निर्क्यौल हुन आवश्यक छ। मिडिया आफैँले भने कहिल्यै फैसला गरेको, व्यक्तिको चरित्र हत्या गरेको, व्यक्तिका स्वाभाविक अधिकारहरूमाथि हस्तक्षेप गरेको छ कि छैन भन्ने कुरा खुट्याउन आवश्यक छ। कुनै व्यक्ति मिडियाको सञ्चालक हु“दा अरूको स्वतन्त्रता अपहरण गरेको छ कि छैन र जिम्मेवार पदमा पुग्दा उसले मिडियालाई फरक नजरले हेर्न पाउ“छ? यस्तो द्वैध चरित्र कसैका लागि सही हुने कसैका लागि कसरी गलत हुन्छ?
मिडियामा आएको विषयवस्तुका आधारमा नागरिकता मुद्दामा न्यायाधीशले आफूलाई हराइदिएको यिनको आरोपले न्यायालयलाई मिडियाले कब्जामा राखेको अथ्र्याउन खोजेका छन् भने अब आइन्दा आफ्ना विरुद्धमा जुनसुकै समाचार आए पनि त्यसलाई सहेर नबस्ने धम्कीले यिनीमा आफू सोह्रै आना ठीक र अरूहरू सबै गलत देख्ने दृष्टिभ्रम रहेको पुष्टि हुन्छ।
राजनीतिमा प्रचारको स्टन्ट कस्तो हुँदोरहेछ भन्ने कुरा पछिल्लो कालका राजनीतिक घट्ना क्रमहरूबाट पुष्टि हुँदै गइरहेको छ। खासगरी नवनेता, नवमन्त्री र नवअधिकारीहरूले गज्जबसँग स्टन्ट चलाइरहेको देखिन्छ। केही हजार थान मुद्दा ढिलो भए भन्दैमा सबै मुद्दा ढिलो हुनुपर्छ भन्न सकिन्छ? केही थान मुद्दा चाँडो फैसला हु“दैमा हजारौँ थान मुद्दा पनि खोजिएकै समयमा फैसला हुन पनि कदापि संभव छैन। प्रक्रिया र प्रमाणको संयोग नै वास्तवमा मुद्दाको फैसला हो, त्यो कतिबेला तय हुन्छ, बहस गर्ने कानुन व्यवसायी र फैसला गर्ने न्यायाधीशलाई पनि थाहा हुँदैन। न्यायालयले तालिकामा फैसला गर्न सुरु गरेको दुई दशक बितिसक्यो तर पनि सबै मुद्दाले तालिका पछ्याउन सकेका छैन किन पनि भने प्रक्रिया र प्रमाण संकलनले लामो समय लिइरहेको छ तर जुन मुद्दामा प्रमाण संकलन भइसक्छ, तिनको पछि ढिलो फैसला हुनुपर्छ भन्नुको कुनै तुक छैन।
स्टन्ट कसरी चल्छ र कसरी चलाइन्छ भन्ने विषयमा खोज्न धेरै टाढा जानु पर्दैन। नेपालमै १९ वर्ष २ महिना जेल सजाय भोगेर हालै फ्रान्स पठाइएका द सर्पेन्टको नामबाट प्रसिद्ध चाल्र्स गुरुमुख शोभराजबाट समेत प्रमाणित भइसकेको छ। आफूविरुद्ध जिल्ला, उच्च र सर्वाेच्च अदालतबाट आदेश आइसक्दा समेत शोभराज अदालतको व्याख्या मान्न तयार थिएनन्। फैसला पालनाचाहिँ गर्ने तर व्याख्यासँग सहमत नहुने छूटको सुविधा उपभोग गर्दै शोभराजले पटक-पटक आफ्नो जिकिर सर्वाेच्च अदालतमा नपुर्याएका होइनन् यद्यपि अदालतले सो कुरा कहिल्यै पत्याएन।
परिस्थितिजन्य प्रमाणका आधारमा दोषी ठहर गरिएका शोभराजको मुद्दाले संसारभर फौजदारी मुद्दामा प्रचलित शंकाको सुविधा अभियुक्तले पाउने (प्रिजम्सन अफ इनोसेन्स अन्टिल प्रुभ्ड गिल्टी)को सिद्धान्तको अपवाद हाम्रो सर्वाेच्च अदालतले गरेको फैसलाले कायम गरिदिएको थियो। परिस्थितिजन्य प्रमाणका आधारमा दोषी ठहर गर्नु भनेको शंका लागेको व्यक्तिले आफूलाई निर्दाेष सावित गर्न नसक्नु हो। विश्वव्यापी मानव अधिकार घोषणापत्र, १९४८ र संयुक्त राष्ट्रसंघीय राजनीतिक तथा सामाजिक अनुबन्ध १९६६ समेतका आधारमा फौजदारी मुद्दामा अभियोजन पक्षले शंकारहित तवरले अभियोग पुष्टि गर्नुपर्ने हुन्छ। तर हाम्रो सर्वाेच्च अदालतले परिस्थितिजन्य प्रमाणका आधारमा समेत उनलाई दोषी ठहर गर्यो र उनले १९ वर्ष २ महिना जेलमा बिताउनुपर्यो। अर्थात् उनको विश्वास भन्दा पनि न्यायाधीशको विश्वास प्रभावी भयो। झगडिया र न्यायाधीशको व्याख्या फरक फरक हुन सक्छ, कानुन व्यवसायीबीचकै व्याख्या फरक-फरक हुन सक्छ, त्यसैले न्यायाधीश चाहिएको हो। न्यायाधीश-न्यायाधीशबीचकै व्याख्या फरक पर्दा बहुमतको व्याख्या प्रभावी हुने व्यवस्था त्यसै गरिएको होइन। आफूलाई फरक देखाउन र मिडियामा चर्चाको पात्र बन्न शोभराजले जेलमा गरेको विवाहको नाटकदेखि फिल्म र पुस्तकमा आएको चर्चासम्मले बेजोडको नाटक त्यसै चलेको होइन।
आफूलाई फरक देखाउन मानिसले अनेकन नाटक गर्छन्। कोहीकोही नाटक नभएर वास्तविक स्टन्ट पनि गर्लान्। त्यस्तो वास्तविक स्टन्ट पनि आफूलाई अरूभन्दा फरक देखाउन गरिएको शैली मात्रै हो। कस्तो स्टन्टसम्म गर्न सक्छ मान्छेले भन्ने कुराको घटना बुझ्न सन् १९७१ नोभेम्बर २४ मा अमेरिकामा भएको एउटा घटना उद्धरण गर्नु उचित हुन्छ। अमेरिकी खुफिया एजेन्सी सिआइएले पचास वर्षसम्म अनुसन्धान गर्दासमेत पत्ता लगाउन नसकेको सो घटनाको रहस्यबाट मानिस कहिलेकाहीँ कस्तोसम्म स्टन्ट गर्न पछि पर्दैनन् भन्ने विषय पुष्टि हुन्छ।
डान कुपर नामक एकजना व्यापारिक घरानाको जस्तो देखिने व्यक्ति सन् १९७१ मा अमेरिकाको सिकागोबाट नर्थवेस्ट ओरियण्ट फ्लाइट बोइङ ७२७ पोर्टल्यान्डबाट सियाटलसम्म उड्न जहाजमा चढ्छ। उसले जहाजलाई कब्जामा लिन्छ र मोलमोलाइ सकिएपछि ठूलो फिरौती रकम लिने सर्तमा यात्रुहरूलाई मुक्त गरिदिन्छ। तर आफू भने सोही हजाईजहाजबाट नओर्ली अर्काे फ्लाइटमा फर्कन्छ।
यसरी फर्कँदा डान कुपर बीचै आकाशमा प्यारासुटको सहायताले लुटेको रकमसहित हाम फाल्छ र गायव हुन्छ। पचास वर्ष बितिसक्दा समेत घटनाको रहस्य अहिलेसम्म पत्ता लाग्न सक्दैन। न उसको लास भेटिन्छ, न सास। अहिले पनि डान कुपर जिउँदो छ या मृत्यु भइसक्यो भन्ने भेद खुल्न सकेको छैन। कतिपयले अमेरिकामा डान कुपरको सम्झनामा बर्सेनि भोज गर्छन्, उनको नामको टिसर्ट र ज्याकेट लगाउँछन्। उनका विषयमा कैयौँ फिल्म, पुस्तक र लेखहरू छापिएका छन्। छोटो समयमा डान कुपर अमेरिकी जनतामा रहस्यको पात्र बन्न सफल भयो तर तुरुन्तै बिलायो।
राइट दाजुभाइको अन्वेषणबाट बनेका हवाईजहाज यात्राले १ सय २० वर्ष बिताइसक्दा कैयौँ जहाजहरू हराएका र कैयौँ जहाजहरू ठोक्किएका घटना सार्वजनिक भइसकेका छन्। तर हवाईजहाज लुटिएको यो पहिलो र आश्चर्यजनक घटनाको अमेरिकी अनुसन्धानले अहिलेसम्म पनि रहस्य पत्ता लगाउन सकेको छैन। हवाईजहाजमा हुने विवाह, जन्मदेखि अपहरण वा दुर्घटनाले जनताको चासो अभूतपूर्व रूपमा आकर्षित गरिरहेका हुन्छन्।
डान कुपरले ५० वर्षअघि गरेको पहिलो विमान अपहरणको स्टन्ट अहिले पनि उत्तिकै चर्चाको विषय बनेको छ। आखिर आफ्नो जीवनप्रति नै स्टन्ट गर्ने डान कुपर को थिए, उनले किन अपहरण गरे, विमानबाट किन हाम फाले? आजपनि उनी जीवित छन् कि छैनन् भन्ने रहस्य अहिले पनि समाधान भएको छैन। विमान चढ्नुअघि कुनै परिचयपत्र पेस गर्नु नपर्ने जमानामा डान कुपरले कसरी सारा संयन्त्रलाई छक्याए र आफू पनि सिद्धिए भन्ने कुरा अमेरिका जस्तो देशको संयन्त्रले अझै पनि पत्ता लगाउन सकेको छैन।
सम्पूर्ण प्रणालीलाई समेत छक्याउन सक्ने, सारालाई बेबकुफ बनाउन सक्ने क्षमता, हैसियत र योजना केही व्यक्तिमा हुन सक्छ। तर यसरी प्रणालीलाई नै असफल देखाउन सक्ने, आफू सही सावित हुने प्रयास गरे तापनि सबै स्टन्ट सफल नहुन सक्छन्। केही न केही कमजोरी, केही न केही परिस्थितिले सबै स्टन्टको रहस्य पटाक्षेप हुने गरेका छन्। आखिर ढिलो न्याय र चाँडो अन्याय नै यी सबै पटाक्षेपहरूको संयोग मात्रै हो। आखिर प्रणालीको कमजोरी पछ्याएर मलाई किन ढिलो न्याय वा मलाई किन चाँडो अन्याय भन्ने प्रश्नले मात्रै व्यक्तिका कमजोरीहरू सधैंका लागि लुक्दैनन्। नागरिकबाट ।