उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण
२०७९ चैत ११ शनिवार
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।
कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पु¥याइएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवि कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु-याउने परम्परा छ ।
सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पु-याएको हो ।