New from Nepal

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । कारोबार साताको पछिल्लो दिन शुक्रबार तोलामा ५०० घटेको सुनको मूल्य आज आइतबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *