सुदूरपश्चिममा आज आम हड्ताल

Vianet

सुदूरपश्चिम। शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज सुदूरपश्चिम प्रदेशभर गरेको आम हड्तालको आंशिक प्रभाव परेको छ । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिने आम हड्तालको घोषणा गरेको हो ।

Vianet

आम हड्तालको आज बिहान आङ्शिक प्रभाव परेको छ । यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहेका छन् ।

मन्त्रिपरिषद्को निर्णय र २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले आन्दोनका कार्यक्रम गर्दै आइरहेको छ ।

संघर्ष समितिले बजेटमा एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने कुराको पनि विरोध गर्दै गेटामा भवनको क्षमता अनुसार छ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै आइरहेको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री