त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते

Vianet

काठमाडौं । काठमाडौंको संवेदनशिल क्षेत्र मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै आज गोली चलेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पुगेको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले शम्भु मार्गमा गोली चलाएको हो ।

Vianet

प्रहरीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको बताएको छ । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली हान्न परेको दाबी प्रहरीको श्रोतको छ ।

प्रहरीका अनुसार उनी भारतीय हुन् । केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको बताइएको छ ।

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको प्रहरीको भनाइ छ ।

(teamtapper.com)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री