New from Nepal

आज कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको चौथो दिन मंगलबार २०० ले बढेको सुनको मूल्य आज चौथो दिन बुधबार भने प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *