मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासको मत नदिने

२०८० असार १४ बिहीवार
developer_admin

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)लेकोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने बताएको छ ।

एमालेका मुख्यमन्त्री कार्कीले आज बिहीबार प्रदेशसभामार्फत् विश्वासको मत लिने तयारी गरेका छन् । कोही प्रदेश जसपाका प्रदेश अध्यक्ष दीपक याक्खाले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू मतदानमा सहभागी नहुने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने छ ।‘ साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ । निरन्तर सङ्घीयता र पहिचानको निम्ति पहिचानसहितको सङ्घीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट सङ्घर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।