चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले स्वच्छ, तथ्यपरक र निष्पक्ष पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन कैलालीको आज धनगढीमा भएको अधिवेशनको उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले सुदूरपश्चिमको पत्रकारिताले राष्ट्रिय पत्रकारितामा महत्त्वपूर्ण योगदान पु-याएको बताए ।
छुट्टै प्रसङ्गमा उनले छिमेकी मुलुक भारत र चीनको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए । कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले पनि पत्रकारिता निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर दवाडी, कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, प्रेस युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँरलगायतले पत्रकारिता र पत्रकारको हकहितका बारेमा बोलेका थिए। अधिवेशनले युनियनको नयाँ जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।