नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान

२०८० असार ३१ आइतवार
NewsDesk ShikharNews

चितवन। चितवन चितवनबाट पहिलो पटक चीनमा पशुपालनका लागि उपयोगी (हाईलेज) घाँस निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा (हाईलेज) घाँस निर्यात सुरु भएको हो ।

छिमेकी मुलुक चीनमा (हाईलेज) घाँस निर्यात नेपालको कृषि क्षेत्रमा क्रान्ति सुरु भएको विज्ञहरुले बताएका छन् ।

चितवनको भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘साईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका थिए ।

उक्त अवसरमा साईलेज लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीनतर्फ पठाईएको थियो । करीब ८० टन हाईलेज चीनको सिगाचेमा पठाएको छ । करीब तीन बर्षको प्रयासपछि नेपालको घाँस साईलेज चीन पठाउन सफल भएको हो ।

चिनिया व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाईलेज उत्पादन हुँदै आएको छ । पहिलो चरणमा तीन हजार मेट्रिक टन हाइलेज उत्पादन गरेको कम्पनीले जनाएको छ ।

हाल मकैको घाँसबाट हेलेज उत्पादन गर्दै आएको नेपाल होरिजन ईन्टरनेसनले नेपियर अम्रिसो काँस र बन्सो घासबाट पनि हेलेज उत्पादन गरेर चीन तर्फ पठाउने लक्ष्य राखेको छ ।