इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
२०८१ मंसिर २३ आइतवार
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतसहितका आरोपितहरुलाई भोलि इजलासमा पेश गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइपछि सचिव राउत तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार पुनः अदालतमा पेश गर्न सर्वोच्च्ले आदेश दिएको हो ।
आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेश गर्न आदेश दिइएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताएका छन् । प्रवक्ता पौडेलका अनुसार आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले अब सोमबारको पेशी दिएर इजलाशमा पेश गर्ने आदेश भएको हो ।
सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए ।