मत बद्लने अभ्यास कायम राखौं

२०८० साउन ७ आइतवार
NewsDesk ShikharNews

विजय तिमिल्सिना

भुइँका कुरा गरेर सदनको चाख चाख्नेले सदनमा जब आफ्नो आकांक्षा, आवश्यकता र विलासिताको लय लिन्छ। अनी फेरि भुइँमा अर्को जन्मिन्छ उसै गरी भुइँमान्छेहरु सँग लुटुपुटु गर्छ सडकमा सत्कार गरेर ति भुइँमान्छेलाई सदनमा बलत्कार गर्छ।

हाम्रो राजनीतिक विगत, वर्तमान र भविष्य यस्तै बाटोबाट अनन्त सम्म हिँड्ने भय टार्न दलले दलालहरुको झुण्डलाई राजनेता बनाउछ छाड्नु पर्छ।

नत्र उही दलाल सरकारमा पुग्छ र आफ्नो दुनो चलाऊँछ। देश चलाऊने हिग्मतिलो नेता दलले गर्वमै तुइयाय पछी दलालले चलाऊने भनेकै आफ्नो दुनो नै हो। आफ्नो दुनो चलाऊन तल्लिन सरकारले देश,जनताको किन ख्याल राख्छ।

तपाईं नेता ( नै भनौ किन दलाललाई दलाल भनेर बढी प्रत्साहन गर्नु ) निकट हुनुहुन्छ भने एक पल्ट छातीमा हात राखेर भन भन्नुस आफ्नो नेतालाई के तैले देश र जनताको कसम खाएर आफ्नो स्वार्थ पुर्तिमा लाग्नुहुन्छ ? गर्नुस् प्रश्न।

तपाईंमा त्यो हिग्मत छैन किन भने भोली देखी तपाईं उसको साथी हुनुहुन्न । त्यो तपाईंले थाहा पाईसक्नुभएको छ किनकी तपाईं माथि नै उसले कयौ पटक राजनीति गरिसकेको छ । फेरी तपाईंलाई पनि त उ सित आफ्नो स्वार्थ साट्न बाँकी नै छ।

यदि हामीमा यस्तो हिग्मत भैदिएको भए मेरो स्वार्थ मेरो मात्रै नभएर हाम्रो स्वार्थ भैदिएको भए मज्जा आउथ्यो होला नि। देश भरी न्युरोड,स्काईरोड,अन्डर रोड,रेल,आधुनिक जहाज,फलाकिलो एयरपोर्ट,सरल,सहज स्कुल,अस्पातल,कलकारखाना, कृषि रोजगार पर्यटकले रङ्गिएका डाँडा जताततै हरावारा। सम्भव थिएनर? थियो नि र अझै पनि बाँकी छ।

हामी हाम्रो व्यक्तिगत स्वार्थ बाट उठेर देश बनाउने सन्कल्प जब सम्म बोक्दैनौ हाम्रा नेताले हामीलाई दिने भएको चक्लेट मात्रै हो । त्यो चक्लेट जुन चक्लेटले हाम्रो स्वाभिमान किन्छ र हामी यिनका रैति भएर जय जयकार गर्दै पछी पछी हिड्छौ ।

हामी नेताको गुलामी गर्छौं
नेता दलको नेताको
गुलामिमै बित्छ जीवन
नेपाल कथाको

गत निर्वाचनदेखि जनताले मत बादलन अभ्यास गरिसके। अबको निर्वाचनमा पनि मत बदल्ने सिलसिला कायम रहन्छ।

पक्कै पनि आशा छ अबको निर्वाचनले पाटी भन्दैन नेता भन्छ त्यो भने जानेको,बुझेको समाज हुँदै देश छाउने यो देशका लागि मात्रै राजनीतिमा आउने नेता छान्नेछ।

हाम्रो राजनीति अब माथि भने जस्तो बिगतको बाटोमा पक्कै हिंड्ने छैन वर्तमान बाटै सुधारिदै भविष्यको सुनौलो मार्ग तय गर्नेछ । जनता आशावादी छन्।

यो आशालाई दल र दलका नित्रित्वले जनसेवक नेताको पहिचान गरेर अगाडि बढाउन जरुरी छ। आझै देखी जनप्रिय बन्न सक्नेले नै भोलीको राजितिक बाटो तय गर्नेछ जो पायो त्यहिले रहर गरेर मात्रै पनि नेत्रित्वको बिकास हुने छैन।

नेता भनेको जनसेवक नै हुने हो। धन सेवकले अब नेता बन्ने पारीपाटिको अन्त्य गर्नेछ। जसले जनताका सुस्म भन्दा सुस्म समस्याको समाधान गर्न सक्छ त्यही मात्रै नेता बन्ने छ । जे बोल्छ त्यही गर्नेलाई नै जनताले नेता बनाउनेछन।

आफ्नो वडा र क्षेत्रमा राम्रो भिजेर आफ्नो वार्ड र क्षेत्रलाई आवश्यक बिकास गर्न तल्लिन रहनेले चार वर्ष ठाढा छैन अबको २०८४ मा नेता बनेर जन्मिनेछ ।

समाजलाई सकारात्मक बाटो देखाउन जस्ले वजनदार लगानी गर्छ उसैले अबको नेत्रित्व पाउनु पर्छ । जनताको आवाज बनेर जनताको ढुढुकीमा बस्न सफल नेताले नै अबको नेत्रित्व पाउने छ ।