New from Nepal

विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई

काठमाडाैं । मन्त्रीको शपथ ग्रहणका लागि प्रदेशसभा हल पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले फिर्ता बोलाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको लागि रामेश्वर चौधरी र राज्यमन्त्रीको लागि कैलाश चौधरीले शपथ लिन लागेका थिए । शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु टीकापुरबाट प्रदेशसभा हल धनगढी पुगेपछि नाउपाले फिर्ता बोलाएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पार्टी भित्रको विवाद चर्कीएपछि हाललाई शपथ ग्रहणक रोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् ।

नाउपाको विवादका कारण सुदूरपश्चिम मन्त्री परिषद् विस्तारको कार्य पुनः अन्योलमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *