Who Invented Gambling? The Of Gamblin
२०८१ मंसिर २४ सोमवार
काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन प्रकरणमा पक्राउ परेका प्रमुख आरोपित चिनियाँ नागरिक बस्ने लाजिम्पाटस्थित घरमा छापा मारेको छ ।
विभागले सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विहिवार खानतलासी गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार ब्रेक सुको आवरणमा ल्याइएको १५५ केजी सुनसहितको सामान चिनियाँ नागरिकको भएको दावी सहित चुवानलाई गत विहिवार नेपाल छाडेर जानै लागेको अवस्थामा विमानस्थलबाट पक्राउ गरेको थियो ।
चिनियाँ नागरिक चुवानको घरबाट कागजात वा सुन नै फेला पर्न सक्ने अनुमानमा विभागले उनी पक्राउ परेको एक सातापछि खोजतलासी गरेको हो ।
सशस्त्र प्रहरीको सहयोगमा खानतलासी गर्दा केही बाकसहरु विभागले बरामद गरेको छ । विभागले त्यसमा सुन भए नभएको सम्वन्धमा कुनै जानकारी दिएको छैन । खानतलासी गरेसँगै विभागले शिल गरेको छ । चुवानका घरमा अन्य चिनियाँहरु पनि आएको हुनुपर्ने आशंकामा विभागले सो तर्फ पनि अनुसन्धान गरेको छ । चुवाङ सो सुनका एक मालिक भएको आशंका गरिएको छ ।
राजस्व अनुसन्धान विभागले विहिवार दिउँसो छापा मार्दासम्ममा उक्त घरबाट सामान निकालिसकेको हुनसक्ने आशंका समेत गरिएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित भाडाको घरमा विभागको टोलीले छापा मारेको हो।
चुवानको घरबाट राजश्व विभागको टोली केही बाकसहरु बरामद गरेको स्रोतले बताएको छ। बाकसमा भने सुन फेला नपरेको बताइएको छ। हाल उनको घर सिल गरिएको छ ।
विभागले सशस्त्र प्रहरीको सहयोगमै बुधबार पनि कमलपोखरी र सोह्रखुट्टेमा छापा मारेको थियो । आरोपितहरु पक्राउ परेको १ साता नाघेपछि विभागले सो ठाउँमा खोजतलासी गरेको हो । विभागले बुधबार रेडी ट्रेडर्स गोदाममा छापा मार्दा सुन गाल्नेमेसिन फेला पारेको बताइएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले बुधबार स्रोह्रखुट्टेस्थित रेडी ट्रेड नामक कम्पनीको गोदाममा छापा मारी ६६ कार्टुन ब्रेक सु नियन्त्रणमा लिएर परीक्षण गरेको थियो । परीक्षण गर्दा सुन भए नभएको यकिन विवरण दिइएको छैन । तर विभागले सुन नभएको प्रारम्भिक विवरण दिएको छ ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो ।
बुधबार सुन व्यापारी राकेश अदुकियाको कमलपोखरीस्थित निवासमा पनि विभागले छापा मारेको थियो । भारतीयमुलका अदुकिया प्रख्यात सुन व्यापारी र शेयर बजारका खेलाडी हुन् ।
उनीमाथि गोरखा विकास बैंक डुबाएको आरोपसमेत रहेको छ । अदुकियाले बैंक सञ्चालकहरूसँगको मिलेमतोमा सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप खेप्दै आएका छन् ।
सय किलो सुन पक्रिएको आसपासमा अदुकियाले भारत, हङकङ, दुबईलगायतको शंकास्पद भ्रमण गरेकाले विभागले उनको संलग्नताको दावी गर्दै छापा मारेको थियो ।
शेयर कारोबारसँगै अटो व्यापारमा समेत संलग्न अदुुकियाको मुख्य व्यापार सुन रहेको बताइएको छ । छापा मार्ने बेलामा अदुकिया भने घरमा थिएनन् । उनी र उनका छोरा भारततर्फ गइसकेको आशंका गरिएको छ ।
अदुकियाको परिवारको नाममा नेपाल रेमिटेन्स प्रालि र टेस्ला गाडीको नेपालका निम्ति आधिकारिक शोरुम रहेको छ।
यसैंबीच राजस्व अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको टक्सार विभागले हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समा कार्गोमार्फत स्कुटरको ब्रेक सुको आवरणमा लुकाएर ल्याइएको सुन प्रत्यक्ष प्रशारणमार्फत गाल्ने भएको छ ।
सुन बरामद भएको हप्ता दिन नाघिसक्दा पनि महाशाखाले सुन नजोखेको र कति तौल हो भनेर जानकारी नदिएपछि सार्वजनिक वृत्तमा अनेक शंका गर्न थालिसकेको छ । यही कुरालाई दृष्टिगत गर्दै महाशाखाले र राजस्व अनुसन्धान विभागले सुन के गर्छ र लुकाएको छिपाएको छैन भने जानकारी सर्वसाधारणलाई दिनका लागि प्रत्यक्ष प्रशारण गर्ने उपाय निकालेको हो ।
प्रत्यक्ष प्रशारणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भइसकेको र शुक्रवार इटालीबाट फर्केपछि मात्र ठोस निर्णयमा पुग्ने निचोड राजस्व अनुसन्धान विभागले निकालेको छ । विभाग प्रधानमन्त्री कार्यालयको मातहतमा भएकाले प्रधानमन्त्रीलाई पर्खेको भनाइ विभागको रहेको छ ।
प्रत्यक्ष प्रशारण गर्ने विषयमा सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया’bout पनि विभागले राष्ट्र बैँक र सम्बन्धित टेलिभिजनसँग पनि बुझिसकेको बताइएको छ ।
अहिलेसम्मकै ठूलो सुन तस्करी र यसमा धेरै पक्ष जोडिएकाले प्रत्यक्ष प्रसारणमार्फत जानकारी दिन लागिएको विभागको भनाइ रहेको छ ।
हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले पनि प्रत्यक्ष प्रसारण गर्न खोजिएको बताइएको छ ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षा’bout नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र राजस्व अनुसन्धान विभागले कुरा गरिसकेको र अन्तिम निर्णयका लागि प्रधानमन्त्री पर्खेको बताइएको छ ।
हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिक सहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा ३ जना भन्सार विभागका कर्मचारी समेत छन् ।