इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
२०८१ मंसिर २३ आइतवार
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले निर्वाचन खर्चको विवरण दोस्रो पटक सार्वजनिक गरेका छन् ।
उनले गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर २ बाट निर्वाचित भएका साउदले यसअघिनै सामाजिक सञ्जालमार्फत निर्वाचन खर्च सार्वजनिक गरेका थिए । तर आयोगलाई जानकारी नगराउँदा आयोगले उनीबाट १५ हजार जरिवानामा असुल गरेको छ ।
उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण सामाजिक सञ्जाल फेसबकमार्फत सार्वजनिक गरेका हुन् ।
उनले गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।
उनले भनेका छन्“मैले निर्वाचन आयोगमा २०७९ मंसिर २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ । बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ । यस अघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु,” ।
May be an image of ticket stub and text