New from Nepal

कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी

काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनका आह्वान गरेका छन्।

प्रदेश प्रमुख खापुङ्गले आगामी साउन १६ गतेसम्मको समय सीमा दिएर संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई दाबी गर्न भनेका छन् ।

तर, कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दल र प्रतिपक्षमा रहेका दलबीच बराबरी सदस्य रहँदा सरकार गठनमा सकसको अवस्था आएको छ ।

कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ४० जना सदस्य रहेका छन् । त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ सिट रहेको छ ।

कूल ९३ प्रदेश सभा सदस्यमा सभामुख बाहेक सत्ता गठबन्धनका दलहरुसँग पनि ४६ सिट नै रहेको अवस्था छ ।

सर्वोच्चले सभामुखले प्रदेश सभा सदस्यको हैसियतमा पनि काम गर्न नमिल्ने व्याख्या गरिसकेपछि सत्ता गठबन्धनका दलहरु सभामुखको राजीनामको तयारीमा छन् ।

कोशी प्रदेश सत्ता गठबन्धन दलको बैठकमा सभामुखको राजीनाका विषयमा छलफल भएको कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । सरकार बनाउने कुरामा माओवादी सकारात्मक रहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *