सुदूरपश्चिम सरकारले पायो पूर्णता

Vianet

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएको झण्डै छ महिना पुग्नै लाग्दा आज मन्त्रीपरिषद् विस्तार भएको छ । आज तीन जना मन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो । मुख्यमन्त्री शाहले यो गरेर तेस्रो पटकमा मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

Vianet

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको शपथ ग्रहण गराएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई ,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई बनाइएको छ ।

मन्त्री भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । त्यस्तै, कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित भएका हुन् ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री