New from Nepal

मन्त्रीपरिषद् बैठकले गरेका १६ निर्णयहरु के–के हुन् ?(पूर्णपाठसहित)

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव शंकरप्रसाद अधिकारी संयोजकत्वको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना बढाएको छ ।

त्यस्तै, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै वैशाख ५ गते उपप्रधान एवम् रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय भएको जानकारी दिइन् ।

त्यसैगरी, सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम(दोस्रोका लागि विश्व बैंकबाट करिब दुई अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली बनाउने निर्णयसमेत गरेको छ।

यस्ता छन् १६ निर्णयहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *