चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडौं । गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट राजस्व अनुसन्धान विभागले एकसय केजी भन्दाबढी सुन बरामद गरेको थियो ।
उक्त सुन तस्करी प्रकरणको अनुसन्धानमा हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग नगरेको पाइएको छ ।
नेपालबाट उक्त सुनको अनुसन्धान लागि भन्सार विभागले साउन ९ गते पत्र पठाएर हङकङ भन्सारसँग सहयोग मागेको थियो ।जवाफमा हङकङ भन्सारले साउन १२ गते अनुसन्धानमा सघाउने प्रतिवद्धता जनाउँदै विभागसँग ‘एयर वे बिल’ (पूर्ण विवरण) मागेको थियो । यो भनेको जहाजबाट सामान ल्याउँदाको सम्पूर्ण कागजात हो । विभागले सोही दिन एयर वे बिल हङकङ भन्सारलाई पठाएको थियो ।
एयर वे बिल पठाएको एक साता बितिसक्दा पनि हङकङ भन्सारले उक्त सुन प्रकरणसँग सम्बन्धित जानकारी विभागलाई दिएको छैन ।साउन ३ गते हङकङबाट रेडी टेड्र नामक कम्पनीले ब्रेक सुमा सुन तस्करी गरेर ल्याएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । ब्रेक सुको तौल १५५ केजी रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।
हङकङबाट ठूलो मात्रामा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाएर सोधेको थियो– यति ठूलो मात्रामा सुन पठाउँदा जाँच किन भएन ? हङकङ भन्सारको एक्सरे मेसिनले किन थाहा पाएन ? सुन तस्करहरुलाई सहयोग हुने गरी सामान किन पठाइयो ? लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको ?
भन्सार विभागले हङकङ भन्सारलाई एयर वे बिल पठाएको लामोे समय बितिसक्दा पनि भन्सारले कुनै जानकारी नदिएको स्रोतले बताएको छ ।