इटहरीकी पृथ्वीया भइन् मिसेस नेपाल वल्ड

२०८० कात्तिक २७ सोमवार
NewsDesk ShikharNews

काठमाडौं । आफ्ना २३ प्रतिष्पर्धीलाई पछि पार्दै मिसेस नेपाल वल्र्ड २०२३ को उपाधि इटहरीकी पृथ्वीया थापाले हासिल गरेकी छन् । बुधबार अबेर साँझ काठमाडौंको प्रज्ञा भवनमा रिवन इन्टरटेनमेन्टले आयोजना गरेको सो प्रतियोगितामा थापाले मुख्य उपाधिसँगै मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि प्राप्त गरिन् । मिसेस नेपाल वल्र्ड २०२३ भएवापत् आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै उनी सहभागी हुने भएकी छन् ।

अन्तिममा निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिएर उनले उपाधि हासिल गरेकी हुन् । पृथ्वीयाले उपाधिसँगै एक स्कुटर र विभिन्न उपहार पनि हासिल गरेकी छन् ।

सो प्रतियोगितमा सिर्जना केसीले मिसेस नेपाल इन्टरनेसनलको उपाधि प्राप्त गरिन् भने मस्ट फोटोजेनिकको उपाधि पनि उनले हासिल गरिन् । उनले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गरेकी छन् । कार्यक्रममा विजेतालाई मिसेस वल्र्ड २०२२ सरगम कौशलले ताज पहिर्याएकी थिइन् ।

प्रतियोगितामा फरक क्षमता भएकी सीता सुवेदीले एमएस नेपाल इन्टरनेसनलको उपाधिसँगै रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्ड पनि जितिन् । उनले एमएस नेपाल इन्टरनेसनल भएवापत एक थान ओभनसहित सिंगापुरमा हुने एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने अवसर प्राप्त गरेकी छन् ।

सो समारोहमा आइना गजुरेल फस्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवाक, निशा विष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आइकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस भएका थिए ।

कार्यक्रममा कोमल लामा मस्ट डिसिप्लेन्ड बेस्ट स्किन, पविन श्रेष्ठ मिसेस कन्जिनियालिटी, रेखा विष्ट वेस्ट पर्सनालिटी र देवी थापा गुरुङ बेस्ट फिजिक घोषित भए ।

यस्तै, पुनम श्रेष्ठ रिलायाबल डाइग्नोस्टिक मस्ट डिसिप्लेन, रेखासिंह रायमाझी मिसेस टुरिजम एम्बेस्डर, मिना भट्टराई मल्टी मिडिया च्वाइस अवार्ड, ज्ञानेश्वरी श्रेष्ठ फेसबुक च्वाइस अवार्ड, उत्सुकता नकर्मी बेस्ट स्माइल, सलोनी श्रेष्ठ वेस्ट हेयर, जेनी खड्का ब्युटी विथ कम्प्याक्सन, मंगली सिलवाल बेस्ट डान्सको उपाधि जित्न सफल भए ।

सोही कार्यक्रममा नेपालकै प्रथम अभिनेत्री भुवनचन्द थापालाई ‘मानार्थ मिसेस नेपाल वल्र्ड २०२३’बाट क्राउनिङ गरियो । एसिड भिक्टिम मुस्कान खातुनलाई शाहसिक सम्मान प्रदान गरियो ।

प्रतियोगितामा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी डा. आशा सिंह, मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल, अन्नपुर्ण पोस्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए ।

कार्यक्रममा कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफी, सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजन रहेको थियो । सांगीतिक वातावरणमा सो फिनाले सम्पन्न भएको थियो । गायक तथा मोडल दुर्गेश थापाले नृत्य कलाकारसँगै नृत्यसँगै आधा दर्जन गीत गाएर दर्शकलाई नचाएका थिए भने सिडी विजय अधिकारीको प्रस्तुतिमा पनि दर्शकले रमेका थिए ।