New from Nepal

नपत्याए रवि दाइलाई सोध !

विजय तिमिल्सिना

रास्वपाका महामन्त्री मुकुल ढकाल अहिले चर्चामा छन । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन  पाटी हितमा आएन।

फिल्डमा जे प्रतिकृया जनता बाट प्राप्त भयो त्यही साँचो र सत्त्य प्रतिवेदन  तयार भयो र उनले त्यही अकाट्य सत्य पाटी सभापतिलाई मात्रै बुझायन बजारमा पनि ल्यायर छताछुल्ल पारीदिए । अनी त भयो हंगामा ।  उनि माथि आरोपका आरोप लाग्न थाल्यो ।

पाटी सिध्याउन परिचालित पात्रका रुप पनि धारण गराइय । बढ्दै गयको बालेन र गोपी हमालको जनमत हामीले पनि आत्मसाथ गर्नुपर्छ । अब हामी उनिहरु सँग मिलेर अघी बढ्नुपर्छ । यती के भनिदिएका थिए झन पिरै पिरमा परे रास्वपाका नेताहरु सत्य त यही हो तर जनतामा भ्रम छरेर हामी छौ ,  हामी नै हौ भन्नेहरुलाई महामन्त्रीले धोका दिए । विवेकशिल जस्तो हुन्छौ पनि भन्न भ्याय तर रास्वपा विवेकशिल जस्तो ओजनदार बिचरामा अझै पुग्नसकेको छैन माहमन्त्री ज्युलाई यो चाँही हेक्का रहेनछ । बरु रास्वपा अझै बिचरामा छैन,एजेण्डामा छैन भन्ने आरोप खेप्दैछ । विवेकशिलको एउटा भुल चाँही पाटी ठुलो बनाउन रविन्द्र मिश्रलाई पत्याउनु थियो । यो मैले भनेको होइन विवेकशिल बाट विवेकशिल साझामा पुगेका नेताहरुले भनेका हुन र रबिन्द्र मिश्र स्वयमको गतिविधिले भनेको हो ।

हामी नकारत्मक कुरा मात्रै गर्छौ । यो केही हद सम्म सत्य पनि हो । किन कि हरेक बिषयको उठान प्राय नकारत्मक कुरा बाटै हुन्छ । तर यो हेक्का राख्दैनौ कि हामी सफलता अघिका हरेक पाईला असफल भएरै हिंडेका हौ र सफल हुनै हुडेका हौ । रास्वपा सफल यात्रामा हिंड्नु पर्छ भन्ने मुकुल ढकालको चाहाना हो । तर यो यात्राले सफल गन्तव्य तय गर्ने छाँटकाँट जिल्ला जिल्ला भ्रमणले दिएन महामन्त्री ढकाललाई । त्यसैले प्रतिवेदन सकारात्मक आयन र उनी निरास भएर पोखिय । जुन पोखाई रास्वपा,शुभचिन्तक र स्वयमा ढकाल आफैलाई भारी पर्न आयो । सत्य भारी पर्छ र मेरो महामन्त्री पदै पनि धरापमा पर्नसक्छ भन्ने हेक्का राखेरै बोल्न आँट गरे जुना आँटलाई शुभचिन्तकले रुचाय तर नेता साथीहरुलाई रुचेन ।

रास्वपा र बालेन एकै हुन भन्ने जनता पनि थिए गत निर्वाचनमा । रवि लामिछाने पनि बालेन नै हुन । घण्टी र लौरो एकै हो भन्ने जनताको मत हो प्राप्त सम्सदको एकाइस सिट । यो मुकुलले बुझेरै भने हामी बालेन र गोपी हमाल सँग मिल्नुको विकल्प छैन उनिहरुको ख्याती र रवि लामिछनेको ख्यातीको परिणामलाई बढाउन उनी बहकिय । पाटी बने मात्रै देश बनाउने स्थानमा पुग्छौ भन्ने ढकालको आसय थियो शायद । स्थानिय निकायका दुई मेयरसाबको काम गराई बाट प्रभावित जनताको भावना जिल्ला भ्रमणमा प्राप्त गर्दै गर्दा मुकुललाई आफ्नो पाटी र रवी लामिछनेको नाम यसै गरी आइदिवस भन्ने थियो नै तर सोचे जस्तो परिणामा प्राप्त नहुँदा निरास भएका ढकाल पनि शुभचिन्तक र जनता सँगै आफ्नो पाटी र सभापतिमा भन्दा बढी विश्वास बालेन र गोपी हमाललाई गर्न पुगे शायद ।

सत्य बोल्दा ढकाललाई पाटी भित्रका नेता सभापति बाट हानी पुग्ला तर जनस्तरम उनी चर्चित भए र शुभचिन्तक माझ पपुलर पनि । रवी लामिछनेले पाटी गठन गर्दा चुनेका महामन्त्री त खास मान्छे रैछन जो रवी जस्तै निर्विक निडर । पाटी पद दुबै धरापमा पारेर सत्य बोल्ने सक्ने एक असल नेता रहेछन मुकुल सामाजिक सन्जालमा व्यक्त भएका यि शब्दले पनि मुकुललाई बलियो बनायो र पाटी भित्र बाट भएको उनको बिरोधलाई चिर्न उनी आज मुखमा कालो टेप लगाएर बैठकमा सहभागी हुँदैछन । बोल्न पाउने अधिकारको हनन हाम्रो जस्तो उदाउदो पाटी बाट बन्चित नहोस भन्ने उनको अभिप्राय देखियो ।

पाटीमा आउने नेता अवसर कै लागि आउने हुन त्यसमा कुनै दुबिधा छैन तर पनि रास्वपामा आउनेहरु पुराना पाटीका भगौडा र अवसरवदीको जक्सन बन्दै गएको कुराको मेसो मुकुलले पाएरै होला शुभचिन्तक भन्दा नेता धेरै देखेरै होला मुकुल भड्कियका । भोटर भन्दा पनि भोट बैंक हुँ भन्नेहरुको नापतौल राम्रै सँग गर्न जरुरी देखे उनले । त्यस्तै हिजो रवि र रास्वपा बाट सकारात्मक नतिजा खोज्नेहरुको विलय र आज मै हुँ भन्नेहरुको हौवाले पाटीले गन्तवय लिन्न भन्ने निचोडमा पुगे ।

मुकुलको सत्य बचका पछि लागेकाहरु उनको महामन्त्रीको चुकुल फुत्काउन कसियका देखिन्छन । मुकुललाई उनकै सत्य बोली बाट चिप्लाउन उनलाई अनुसानस कमिटीले स्पष्टिकरण नै सोध्यो । जुन सत्य छ त्यस्मा के को स्पष्टिकरण । सत्य आँफै स्पस्ट हुन्छ भन्ने सम्म पनि अनुशासन कमिटीको अध्ययनमा परेन । मुकुलको व्यक्तिगत विचार थिएन प्रतिवेदन  शुभचिन्तक र जनताको आवाज थियो । वास्तवमा मुकुलकै प्रतिवेदन जस्तै छ रास्वपा नपत्याय रवि दाईलाई सोध !

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *