New from Nepal

पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा

काठमाडौं। जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन्।

जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ।

त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ।

त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक काश्य पदक जितेको छ भने चीनले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ।

अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले स्वर्ण पदक जितेका छन्। त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रीकाले ओलम्पिक पदक जितेका छन्।

2 comments
eco-flow

Somebody essentially lend a hand to make significantly articles Id state That is the very first time I frequented your website page and up to now I surprised with the research you made to make this actual submit amazing Wonderful task

magzineusa

helloI like your writing very so much proportion we keep up a correspondence extra approximately your post on AOL I need an expert in this space to unravel my problem May be that is you Taking a look forward to see you

Leave a Reply

Your email address will not be published. Required fields are marked *