New from Nepal

फिल्म ‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक

काठमाडौं। आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ। फिल्मका प्रमुख नायक पल शाह र नायिका पूजा शर्मा फिचर्ड गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ।

गीतको सुरुवातमा पल र पूजालाई जंगलको बीचको बाटोमा कारमा यात्रा गरिरहेको देखाइएको छ। जहाँ उनीहरुबीच रोमान्टिक भाव देखिन्छ। त्यसपछि उनीहरुलाई काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा देख्न पाइन्छ। जहाँ कोरस डान्सरहरुसँग उनीहरुले नृत्य गरेका छन् । गीतको अडियोसँगै भिडियो पक्ष पनि सशक्त छ । पल र पुजालाई कोरियोग्राफर रामजी लामिछानेले नँचाएका छन्।

गीतमा सौरभ लोखण्डे र रेवत आरती सिंहको म्यूजिक प्रोडक्सन र एरेन्ज, फ्रान्को भालाको एडिसनल म्युजिक प्रोडक्सन, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, सौरभ दासको ब्याकिङ भोकल, निरज सिंह, फ्रान्को भाला र समीर चौरासियाको रेकर्डिङ इन्जिनियरिङ, निरज सिंह (कैलाश स्टुडियो, मुम्बई)को मिक्सिङ इञ्जिनियर, गेथिन जोन(हाफोड मास्टरिङ(वेल्स, यूके)को मास्टरिङ इन्जिनियर छ । गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *