New from Nepal

नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता

काठमाडौं। । महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा मिस एण्ड मिसेस सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस नुवाकोट २०२४ आयोजना गरिने भएको छ ।एनआरडी इन्टरटेन्मेन्टको आयोजनामा नुवाकोट मिस एण्ड मिसेस प्रतियोगिता हुन लागेको हो । महिलामा क्षमता भएर पनि सधैँ पछि परेको तथा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलालाई लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको एनआरडी इन्टरटेन्मेन्टका अध्यक्ष तथा मिस एण्ड मिसेस इण्डिजिनियस२०२१’ कि उपाधि नम्रता तामाङले शिखर न्युजलाई जानकारी दिइन् ।नुवाकोटको बट्टारमा हुने प्रतियोगितामा सहभागि जनाउन एक हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिता जनाउनको लागि र्फम खुल्ला भइसकेको तामाङले जानकारी दिइन् ।  महिलाहरु चुलो र चौकोमा मात्रै सिमित हुँदै आएकोमा अवसर पाए जे पनि गर्न सक्नछन् भन्ने सोचका प्रतियोगिता संचालन गर्न लागिएको उनको भनाई रहेको छ ।

प्रतियोगितामा सहभागि हुनको लागि अविवाहितको लागि १७ देखि २८ वर्ष र विवाहित लागि २० देखि ४० वर्ष उमेर तोकिएको छ ।प्रतियोगितामा सहभागिता जनाउनेहरुको पहिलो अडिसन आगामी भदौ एक गते राखिएको छ । पहिलो चरण पार गरेर अघिल्लो चरण प्रवेश गरेका सहभागिहरुलाई दुई साताभन्दा बढी विभिन्न तालिम तालिम दिने समेत बताइएको छ ।

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै अमेरिकामा रहेको अन्तरााष्ट्रिय कम्पनि आरएनआर ग्रुपमा समेत काम गर्न पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *