New from Nepal

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान जाने भएका छन्। विद्रेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानको भ्रमण गर्ने जानकारी दिएका हुन्। जैसवालले भने, ‘परराष्ट्रमन्त्री शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तान जानेछन्।

जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन्।’ हाल भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा रहेका छन् । श्रीलंकामा नयाँ सरकार बनेपछि उनी पहिलो पटक श्रीलंका पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *