New from Nepal

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं। एसियाली क्रिकेट काउन्सिल एसिसी अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो।

यसअघि संयुक्त अरब इमिरेट्सको दुबाईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन्। त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए। त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई/दुई विकेट लिए। साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक/एक विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *