New from Nepal

बीआरआई सहमतिबारे देउवा अनभिज्ञ

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाबारे भएको सहमतिमा अनभिज्ञता प्रकट गरेका छन्।

आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआई परियोजना ऋणमा लिने सहमति नभएको बताए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमतिमा ‘एड फाइनान्सिङ’ शब्द उल्लेख छ। उक्त शब्दले ऋण तथा अनुदान सहायता दुवैलाई जनाउने अर्थविद्हरुले बताउँदै आएका छन्।

नेकपा (एमाले) का सचिव रघुवीर महासेठले समेत नेपालले बीआरआईको ऋण तथा अनुदान दुवै सहायता स्वीकार गरिसकेको बताएका छन्।

तर, सत्तारुढ दलका शीर्ष नेता देउवाले नै प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई ऋणमा लिने सहमति नभएको बताए। बीआरआई ऋणमा लिने सहमति नगरेको भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनसमेत भ्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *