New from Nepal

नवनिवार्चित वडा अध्यक्ष हत्या आरोपमा पक्राउ

सप्तरी। सपथ ग्रहण गर्दा गर्दै एकजना नवनिर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन्। हत्या आरोपमा सप्तरीका नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन्।

डाक्नेश्वरी नगरपालिका–१, सप्तरीका नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले सपथ ग्रहण समारोहवाट पक्राउ गरेको हो। उनी गत मंसीर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनलाइ कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *