प्रचण्ड भेट्न गए एकीकृत समाजवादीका महासचिव भुसाल, एकताबारे के भयो कुरा ?

Vianet

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

Vianet

आज भएको भेटमा भुसालले आफू एकता भएर बन्ने नयाँ पार्टीमा आउन नसक्ने जानकारी गराएका छन् । स्रोतका अनुसार उनले प्रचण्डसँग भेट गरेर आउन नसक्नुका कारण बताएको र विदा मागेका थिए ।

‘आज प्रचण्डलाई भेट्न उहाँ आउनु भएको थियो । घनश्याम भुसाल र जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटवार्ता भएको हो । घनश्यामजीले आफू ८ दलबीच एकता भएर बन्ने नयाँ पार्टीमा सहभागी हुन नसक्ने जानकारी गराउनुभयो,’ प्रचण्डनिकट स्रोतले भन्यो ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न ८ कम्युनिष्ट घटकबीच एकताको सहमति भइरहेको छ । पार्टी एकतालाई लिएर एकीकृत समाजवादी र माओवादीमा पनि असन्तुष्टि चुलिएको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री