हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

Vianet

काठमाडौं। हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।

Vianet

आज हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो।

सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए। फरमनुल्लाह सफी ३० रनमा अविजित रहे। गुल्बादिन नाइबले २२ रन बनाए।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले १ विकेट लिए। नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री