प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्ट जलाउने ५ पक्राउ

Vianet

काठमाडौं। गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

Vianet

नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगानी रहेको भन्दै उक्त रिसोर्टमा जेन-जी आन्दोलनको क्रममा आगजनी भएको थियो।

रिसोर्ट आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपकसहित पोखरा-१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री