छिट्टै एमालेमा प्रवेश गर्ने झाँक्रीको तयारी

Vianet

काठमाडौं। पूर्व मन्त्री रामकुमारी झाँक्रीले छिट्टै नेकपा (एमाले) मा प्रवेश गर्ने संकेत गरेकी छन्। तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० कम्युनिष्ट घटकबीच एकता हुँदा बाहिरै बसेकी झाँक्रीले एमालेमा फर्किने मनस्थिति बनाएकी हुन्।

Vianet

‘मेरो राजनितिक जीवनको उतारचढाव हो यो। तपाईहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ। खासगरी गत निर्वाचनमा म तपाईहरू विचमा आएँ आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर वा मलाई आफैजस्तो ठान्नु भयो। यो सहयोग, सदभाव र स्नेहलाई सधै मानषपटलमा राख्नेछु। मैले केही निर्णय लिदैछु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि हार्दिक अनुरोध गर्दछु,’ उनले भनेकी छन्।

स्रोतका अनुसार भोलि (सोमबार) एमालेले कार्यक्रम राखेको छ । सोही कार्यक्रममा झाँक्रीले एमाले प्रवेश गर्ने तयारी रहेको बताइएको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री