ओलीको सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गर्‍याे : महेश बस्नेत

Vianet

काठमाडौं। नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गरेको बताएका छन् । पूर्व विशिष्टहरुको सुरक्षा व्यवस्था गर्नु सरकारको कानूनी र नैतिक दायित्व रहेको उनको भनाइ छ ।

Vianet

उनले वर्तमान सरकार दायित्वबाट भागेको आरोप लगाएका छन् । नेता बस्नेतले एमाले आफ्नो अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको पनि उल्लेख गरेका छन् ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती सरकारको गम्भीर त्रुटी हो। सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सुरक्षा कटौती गरेको खबर गम्भीर विषय हो। पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारको सबै सरकारको कानुनी र नैतिक दायित्व हो।

यो दायित्वबाट सरकार भागेको अवस्थामा, हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौँ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छौं,’– उनले भनेका छन् ।

सरकारले मापदण्डभन्दा बढी सुरक्षा लिएका पूर्व प्रधानमन्त्रीहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । गृहमन्त्रीस्तरीय निर्णयबाट ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी सरकारले फिर्ता गर्ने निर्णय गरेको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री