बलिउड अभिनेता अरमान पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट

Vianet

एजेन्सी । बलिउड अभिनेता अरमान कोहली पक्राउ परेको २० घण्टापछि उनकी प्रेमिकाले आफ्नो उजुरी फिर्ता लिएकी छिन्।

Vianet

अरमानसँग लिभ इन टुगेदरमा रहेकी प्रेमिका नीरु रंधावामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो। प्रेमिकाले आफूलाई अरमानले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

नीरुको उजुरीका आधारमा प्रहरीले अरमानलाई पक्राउ गरेर अनुसन्धानका लागि राखेको थियो। तर पक्राउ परेको २० घण्टापछि अरमान विरुद्ध हालेको उजुरी नीरुले आफै फिर्ता लिएकी छिन्। अरमानका वकिल लक्ष्मी रमनले नीरु र अरमानबीच अदालत बाहिर मुद्दा मिलाइएको बताएका छन्।

अरमान कोहलीमाथि प्राय प्रेमिकामाथि कुटपिटको आरोप लाग्ने गरेको छ। लिभ इन टुगेदरमा रहेकी प्रेमिकामाथि कुटपिट गरेका कारण पछिल्लो समय यिनको चर्चा छ।

पछिल्लो समय नीरुलाई घाइते हुनेगरी कुटपिट गरेका अरमानमाथि यसअघि पनि प्रेमिका कुटपिट गरेको आरोप लागेको थियो।

केही समयअघि मुनमुन दत्ताले पनि अरमानमाथि कुटपिटको आरोप लगाएकी थिइन्। त्यस्तै काजोलकी बहिनी तनीषाले पनि अरमानमाथि कुटपिटको आरोप लगाएकी थिइन्।

अरमानसँग लिभ इनमा रहेकी नीरुले एक अन्वार्तामा भनेकी छिन्, अरमानले तनीषामाथि पनि हात उठाएका थिए। यसका बारेमा मलाई घरमा काम गर्ने नोक्करबाट थाहा भएको थियो। अरमान र तनीषाका साथीहरुले पनि मलाई यो कुरा भनेका थिए, की अरमानले तनीषामाथि कुटपिट गर्दथे।

अरमान र तनीषा मुखर्जीको सम्बन्ध बिग बस ७ बाट सुरु भएको थियो। उनीहरुको अफेयरका कारण काजोल र उनकी आमा निकै रुष्ट भएको खबर पनि बाहिरीएको थियो। बिग बसको घरमा पनि अरमानले अन्य सहभागीलाई कुटपिट गरेको आरोप लागेको थियो।

बिग बसबाट सुरु भएको अरमान र तनीषाको सम्बन्ध शो सकिएसँगै ब्रेकअप भएको थियो। अरमानको हिंस्रक प्रवृति देखेर अनीषा टाढा भएको हुन सक्ने अनुमान गरिएको थियो।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री