धादिङमा बस दुर्घटना हुँदा ३१ घाइते

Vianet

काठमाडौं । काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुबहाक बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धादिङको बेनीघाटरोराङ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका हुन् ।

Vianet

तीव्र गतिमा गुरिहेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाको स्थानीय बजारवासी र प्रहरीले उद्धार गरी स्थानयि अस्पताल लगिएको छ । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री