ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा

Vianet

काठमाडाैं। निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउको माग गर्दै आफूलाई जेन–जी समूहको नेता दाबी गर्ने सुदन गुरुङ प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

Vianet

सोमबार साँझ निवेदन लिएर गुरुङको समूह भद्रकालीस्थित प्रहरी परिसर पुगेको हो । उनीहरूले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ताको प्रयास गरेका थिए ।

तर, यसबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले निवेदन दर्ता गर्न मानेन । त्यसपछि सडकबाटै देखाइदिने भन्दै सुदनको समूह प्रहरी कार्यालयबाट बाहिरिएको थियो ।

यसैबीच काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै गुरुङको टिमले धम्की दिएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानिएको हो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ