भारतीय गायकको प्रेममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ

२०७६ जेठ ९ बिहीवार
Newsdesk Shikharnews

पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र चर्चित भारतीय गायक सनम पुरी प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् । अश्मीले सनमसँगको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछि मिठो समयका लागि पनि ।’ सनमले पनि उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । उनीहरुले फोटो सार्वजनिक गरेसँगै बधाई तथा शुभकामना दिनेको ओहिरो लागेको छ ।

अश्मी २०१६ मा मिस नेपाल भएकी थिइन् । त्यस्तै, सनम पुरी कभर गीतमा चर्चित छन् । उनको ब्यान्डले केही समयअघि नेपालमा समेत कन्सर्ट गरेको थियो ।