मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।

बलिउड नायिका ईशा गुप्ताले होटल मालिकलाई आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्विट गर्दै यस्तो आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत कस्तो होला ?

यहाँ सम्म कि मसँग दुईजना सेक्युरिटी गार्ड थिए तर मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ ।’उनले यस्ता व्यक्तिहरुलाई संस्कार सिकाउन आवश्यकता भएको भन्दै अगाडि लेखेकी छिन्, ‘रोहिज विज जस्ता मानिसहरुका कारण नै महिलाहरु आफूलाई कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनन् ।

 

 

Related Post
Leave a Comment