उडिसामा अभिनद्ध मञ्चन हुँदै

Vianet

काठमाडौं । भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ । कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए ।

Vianet

लम्सालले भने, ‘यो पटक हामीले अलिकति फरक किसिमले नाटक तयार पारेका छौँ । फरकफरक नाट्यसंस्थाहरुको प्रतिनिधित्व रहने गरेर काठमा डौ र काठमाडौं बाहिरको रंगकर्मलाई जोड्ने प्रयत्न गरेका छौँ ।’

अभिनद्धमा तीनवटा नाट्यसंस्थाको सहभागिता रहेको छ । आदिइत्यादि समुह काठमाडौं, ओजास थिएटर काठमाडौं र गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँ मिलेर नाटक तयार पारिएको हो ।

हामीले सहकार्यको एउटा प्रयास गर्न खोजेका छौँ । ओजास थिएटरका निर्देशक सागर कार्कीले भने, ‘यो प्रयासले नाटकघर हुने नाट्य संस्था र नहुने नाट्य संस्था बीचमा सहकार्यको वातावरण निर्माण हुने विश्वास लिएका छौँ ।’

काठमाडाैं बाहिर रहेर रंगकर्म गरिरहेका हामीलाई विदेशमा हुने नाट्य महोत्सवसम्म जाेडिनु पनि ठूलै उपलब्धि हो । गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकास अधिकारीले भने,’हामीले यसबाट धेरै कुरा सिक्न पनि पाउने छौँ । ‘

तीनवटै नाट्य संस्थासम्बद्ध कलाकारहरुको संलग्नता रहेको नाटकमा, सुशीलसिंह ठकुरी, सविना गोपाली, सागर कार्की, रविन तामाङ, आकाश अधिकारी, उषा केसी र अस्मिता खनालको अभिनय रहेको छ । नाटकमा कवि सरस्वती तिमल्सिनाको कविता रहेको छ भने नाटकको संगीत संयोजन नारायण दंगालले गरेका छन् । नाटक मञ्चनका लागि मोहन बतास फाउण्डेसन तनहुँले सहयोग गरेको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ