मिस एसइई पोखराको ताज युजिनलाई

Vianet

पोखरा। नवौं संस्करणको मिस एसइई पोखराको ताज युजिन घलेले चुम्नु भएको छ । सिर्जना बोडिङ स्कुलकी घलेले उपाधिसँगै वेष्ट क्याटवाक, मिस टेलेन्ट र मिस भ्युअर च्वाइस पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छन्।

Vianet

प्रतियोगितामा क्रमशः फष्ट रनर्रअपमा शिशु निकेतन सेकेण्डरी इंग्लिस स्कुलकी श्रेया मल्ल र सेकेण्ड रर्नर अपमा पिस जोन एकेडमीकी रोजीना चोखाल विजयी बनिन्। श्रेयाले मिस पर्सनालिटी र वेष्ट ड्रेस अर्वाड पनि जित्न सफल भइन्।

रोजिनाले मिस फोटोजेनिक अवार्ड पनि चुमिन्। सातवटा सब टाइटल रहेको यस प्रतियोगतामा मिस वेष्ट स्माइलको उपाधि जियाना आचार्यले हात पारिन्।

पत्रकार एवं फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायक मण्डलमा स्त्रीरोग विशेषज्ञ डा.निरज दुबे, लोकगयिका सुनित दुलाल, पत्रकार दीपेन्द्र श्रेष्ठ, जेसिज पोखराका अध्यक्ष देवराज शर्मा एवं मिस एसएलसी पोखरा २०१६ प्रेरणा पराजुलीलगायतका रहेका थिए।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ