गुरुको महत्त्व – जन्म दिने आमा मान्छु,कर्म दिने गुरु (कबिता)

२०७४ माघ २७ शनिवार
Newsdesk Shikharnews

जन्म दिने आमा मान्छु,कर्म दिने गुरु
महत्व नै ठूलो छ,जिन्दगीको सुरु

झोला बोकि स्कुल जाने आउने थिइन
बन्द आँखा खोलिदिने उहाँकै हो देन ।

बानी व्यबहार सिकाइदिने सभ्यताका लागि
घण्टी बज्छ टिनिनिनि जान्छौं भागी भागी ।

सानो छदा डरलाग्थ्यो देख्दै किन किन
साथी जस्तै लाग्न थाल्छ आजकल दिन दिन

बिधालय हाम्रो मन्दिर भगवान नै हुन गुरु
जता लग्यो उतै जान्छौं हामी खुरुखुरु ।

सगरमाथा उच्च शिखर वीर नेपाली छाती
गुरु ब्रहमा बिष्णु थानी जान्छौ अझै माथी ।

कति धेरै जिम्मेवारी कति माया दिने
नराम्रोलाई त्याग गरि राम्रो कुरा लिने ।

सुन्दर सपना बोकि आज यहाँसम्म आयौ
रातदिन सबै त्यगी हजुर सामु छायौ ।

क्षमा पाँउला गल्ती हुँदा साथी संगी सुन
भुल्ने छैन गुरु कहिल्यै हजुरको गुण ।

गरिमा पौडेल
छोरेपाटन मा.बि